काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा जेठ २३ गते बोलाएको छ। यसअघि बैशाख १ गते कम्पनीले बार्षिक साधारणसभा बोलाएको थियो । लकडाउनको कारण उक्त सभा स्थगित गरिएको थियो ।
कम्पनीले जेठ ३१ गते (शुक्रबार) बिहान ११ बजे कम्पनीको कार्यालय भवन ज्ञानेश्वरमा सभाको लागि बोलाएको छ । कम्पनीको बैशाख ३१ गते बसेको सचालक समितिको बैठकले स्थगित सभा जेठ २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीले यस बिषम परिस्थितीमा बिशेष सावधानी अपनाएर सभा गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।
कम्पनीले सभामा उपस्थित हुँदा अनिवार्य रुपमा माक्स र पन्जाको प्रयोग गर्न र उक्त सभामा एक मिटरको दूरी कायम राखी बस्ने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले सभामा यस बर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पेश गर्दैछ । यस अघि ८ दशमलव ४२ प्रतिशचत नगद लाभांस प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशन बमोजिम ८ दशमलव १६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।
साथै उक्त सभामा आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै, लेखापरिक्षण नियुक्त र पारिश्रमिक निधारणको बिषयमा समेत छलफल हुने भएको छ ।