काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सबै काम गर्नका लागि यी दुबै संस्थाबीच सम्झौता सम्पन्न भएको कम्पनीले जनाइएको छ ।
सम्झौतापत्रमा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने जनाइएको छ ।