नागबेली लघुबित्त बित्तिय संस्थाले आफनो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । उक्त बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएका संस्थाले जनाएको छ।
विश्ववभर फैलीएको कोरोनाको महामारी र यसको बिषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका सम्पुर्ण कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साहीत र उच्च मनोवलका साथ काम गर्ने हौसला प्रदान गर्न कर्मचारीहरुको बीमा कम्पनीको विर्तामोड शाखा मार्फत गराएको हो ।
त्यस्तै, कम्पनीले कपुरी ब्रदरस इन्टरप्राइजेज काठमाडौ , बुद्ध इन्टरप्राइजेज बिर्तामोड तथा कपुरी ब्रदर्स बिर्तामोड का सबै कर्मचारीहरुको समेत कोराना विरुद्ध बीमा गरिसकेको र अन्य रुची देखाइरहेको बिर्तामोड शाखा प्रबन्धक राजेश द्रोण भट्टराई ले इन्स्योरेन्स खबर लाई जानकारी दिए ।