IME Life

धितोपत्रको दोश्रो बजार सञ्चालन पूर्व तयारी गर्नुपर्ने विषयहरु के के हुन् ?

SPIL
NIC ASIA

कोरोना महामारीका कारण विगत ४५ दिनदेखि धितोपत्रको दोश्रो बजार बन्द हुँदा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नजरमा नेपालको पूँजीबजारको प्रतिष्ठामा आँच आइराखेको परिप्रेक्ष्यमा पूँजी बजारको नियामक निकाय तथा बजार सञ्चालकले धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जलाई सञ्चालनमा ल्याउन लागेको भन्ने जानकारी विभिन्न पत्रपत्रिकाहरुमा आएको हुँदा अहिलेको वर्तमान परिस्थितिमै बिना तयारी के यो बजार सञ्चालन हुन योग्य छ त भन्ने प्रश्न अधिकांश लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जालहरुमा व्यक्त गरिराखेका छन । यदि यो अहिलेकै यथास्थितिमा सञ्चालन सम्भव हो भनिदैछ भने विगत ४५ दिन सम्म किन कारोबार भएन भन्ने पनि अर्को पश्न छ । तसर्थ यदि अहिल कै परिस्थितिमा सञ्चालन योग्य छैन भने सञ्चालनमा ल्याउनुपूर्व के कस्ता पूर्वाधारहरुको विकास गर्नपर्छ र कसरी गर्न सकिन्छ र कसले गर्नुपर्छ भन्ने बारेमा छलफल गर्न तथा नीति निर्माण गरी अगाडि बढ्न सजिलो बनाउने हेतुले सम्पूर्ण पूँजीबजार सँग सम्बन्धित संघसंस्थाहरुलाई झकझकाउने हेतुले यो लेख तयार गरिएको हो । वर्तमान नेपालको पूँजी बजार एकदमै कठिन अवस्थाबाट गुज्रिरहेको परिस्थितिमा हामीले अहिले गर्ने निर्णयले दुरगामी असर पार्ने भएको हुँदा यसको सकारात्मक असरका साथै आधारभूत पूर्वाधारहरुको विकासमा थप कार्य गर्न सकियोस भन्ने नै यो लेखको मूल उदेश्य हो ।

कारोबार सञ्चालनको पूर्व तयारीका लागि सम्बन्धित निकायहरुले निम्न विषयहरुमा छलफल गरी निचोडमा पुग्न सक्नुहनेछ ।

Prabhu
Crest

१) कारोबारका लागि इच्छुक सबै लगानीकर्ताहरुसम्म अनलाईन लगइन तथा पासवर्डको पहुँच विस्तार तथा प्राविधिक हेल्प डेस्कको स्थापना
२) शेयर राफसाफको लागि मेरो शेयर लिन इच्छुक सबै डिम्याट खाता धारकलाई निःशुल्क वा थोरै शुल्क सहित मेरो शेयरको लगइन तथा पासवर्ड बाँडफाँडको व्यवस्था
३) किनबेच पश्चात लगानीकर्ताको खाताबाट धितोपत्र दलालको खातामा तथा दलालको खाताबाट लगानीकर्ताको डिम्याट खातामा उल्लेख गरिएको बैंक खातासम्म रकम जम्मा गर्ने अनलाईन व्यवस्था मिलाउने सम्बन्धमा ।
४ कारोबार रकमको लिमिट थप गर्ने सम्बन्धमा ।

सम्बन्धित निकायहरुले माथिका विषयउपर छलफल गर्दैगर्दा यो लेखमार्फत यसको निकास के हुन सक्छ भनेर प्राविधिक बुझाई तथा नीतिगत तयारीमा सजिलो होस् भनेर निम्नानुसारले सुझावहरु पेश गरिएको छ । लेखको उपरोक्त सुझावहरु नै पूर्ण हो भन्ने दाबी होइन तर न्यूनतम यति गर्न सकेदेखि इच्छुक लगानीकर्तालाई अहिलेको परिस्थितिमा पनि कारोबारमा अनलाईन कारोबार प्रणाली मार्फत संलग्न गराउन सकिनेछ र यसको केहि प्राविधिक कठिनाई भएतापनि संयुक्त प्रयास भएमा सहज राफसाफ सञ्चालन गर्न सकिनेछ भन्ने हो ।

१) कारोबारका लागि इच्छुक सबै लगानीकर्ताहरुसम्म अनलाईन लगइन तथा पासवर्डको पहुँच विस्तार तथा प्राविधिक हेल्प डेस्कको स्थापना

  • यो विषयको निकासका लागि इच्छुक लगानीकर्ताहरुको नेप्सेको युनिक कोड तयार गर्न लिइएको केवाइसी फारममा उल्लेख भएको मोबाइल नम्बर वा जसको धितोपत्र दलालमा खाता छ उसकै नाउँमा रजिष्टर भएको मोबाइल नं.बाट आफ्नो धितोपत्र दलाललाई मोबाइलमा एसएमएस वा सो केवाइसिमा उल्लेखित इमेल ठेगानाबाट अनलाईनको रिक्वेस्ट प्राप्त भएमा सोका आधारमा वा पुरानै व्यवस्था अनुसार प्राप्त भएमा पनि सो अनुसार अनलाईन कारोबारको लगइन दिने व्यवस्था गर्न सकिने । तर यसरी अनलाइन लिने ग्राहकहरुको विवरण अलग्गै राखी थप लकडाउन नभई अवस्था सामान्य भएको जानकारी नेपाल सरकारबाट आएको ३० दिनमा ति ग्राहकबाट पुरानै व्यवस्था अनुसारको लिखित आवेदन लिई नेप्सेमा जम्मा गर्नुपर्ने । यसरी नगरेमा त्यस्ता खातालाई कारोबारमा प्रतिवन्ध लगाइने व्यवस्था सहितको निर्देशन जारी गर्न सकिन्छ ।

२) शेयर राफसाफको लागि मेरो शेयर लिन इच्छुक सबै डिम्याट खाता धारकलाई निःशुल्क वा थोरै शुल्क सहित मेरो शेयरको लगइन तथा पासवर्ड बाँडफाँडको व्यवस्था

  • धितोपत्र बिक्री गरेपश्चात हाल डिआइएस दिने व्यवस्थालाई अनिवार्य इडिआइएसबाट गर्ने व्यवस्था गर्ने । यो व्यवस्था गर्नुपूर्व सबै डिम्याट धारकहरुलाई अनिवार्य मेरो शेयरको लगइन तथा पासवर्ड सो डिम्याटको केवाइसिमा उल्लेख गरिएको खातामा पठाउने व्यवस्था गर्ने । यसरी दिइने मेरो शेयरको शुल्क निःशुल्क गर्ने व्यवस्था गर्न सकिन्छ । शुल्क लिनुपर्ने भएमा पनि न्यूनतम शुल्क लिएर सो को व्यवस्था गर्ने र यस्ता कति लगानीकर्ताहरुलाई मेरोशेयर सुविधा दिइएको हो सबैको विवरण सबै डिपि मेम्बरलाई प्रदान गरि एक आर्थिकवर्ष भित्र सो रकम उठाएर सिडिएससिमा जम्मा गर्ने व्यवस्था मिलाउन सकिन्छ ।
  • यसका साथै नविकरण गर्नुपर्ने, अनब्लक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्ने कार्यलाई इमेलमार्फत वा डिम्याटको केवाइसिमा उल्लेखित मोबाइलबाट एसएमएस पठाएमा पनि मान्य हुने व्यवस्था मिलाउन सकिन्छ ।

३) किनबेच पश्चात लगानीकर्ताको खाताबाट धितोपत्र दलालको खातामा तथा दलालको खाताबाट लगानीकर्ताको डिम्याट खातामा उल्लेख गरिएको बैंक खातासम्म रकम जम्मा गर्ने अनलाईन व्यवस्था मिलाउने सम्बन्धमा ।

  • सबै धितोपत्र दलालहरुको बैंक खातामा आइपिएस एक्टिव गर्ने व्यवस्था मिलाउने । यसका साथै कारोबार लिमिटलाई दैनिक उसको अधिकतम कारोबारको औषत हेरी सो अनुसकारको व्यवस्था मिलाउने ।
  • धितोपत्र दलालहरुले क्लियरिंग बैंक अन्तर्गतका सबै बैंकहरुमा खाता अनिवार्य गर्नुपर्ने । यी सबै खाताहरुमा अनलाईन बैंकिंगको सुविधा लिई लिमिट पनि माथि भनेअनुसार व्यवस्था गर्ने । यति गरेपछि धितोपत्र दलालहरुले आफूले आफ्ना ग्राहकहरुलाई पैसा पठाउन समर्थ हुनेछन ।
  • लगानीकर्ताहरुले आइपिएसमा आफ्नो बैंक खाता जोड्न चाहेमा पहिले आइपिएसमा एकाउण्ट डिजिटल्ली भेरिफाई गर्ने व्यवस्था मिलाउने । यसरी आइपिएसमा ग्राहक भेरिफाइ भइसकेपछि उसले जोडेको बैंक खातामा उसको तीन पुस्ते र नागरिकताको विवरणमा उल्लेख हुने नागरिकता नम्बर, जारी मिति लगायतका जानकारी भेरिफाई डिजिटल्ली गरेर कारोबार गर्दाका बखत एक ओटिपि भेरिफाई हुने व्यवस्था मिलाउने । यसरी खातालाई डिजिटल्ली लिंक गरी बैंक सम्म प्रिन्ट बोकेर खाता भेरिफाई गर्ने व्यवस्थालाई कम गर्ने र डिजिटल पेमेन्टमा जोड दिने ।
  • त्यस्तै लगानीकर्ताहरुले क्लियरिंग बैंकमा खाता छ भने ती खातामा डिजिटल्ली अनलाइन बैंकिंग लिन पाउने व्यवस्था गर्ने । र सोही बैंकबाट सोही बैंकको अर्को खातामा थर्ड पार्टी ट्रान्सफर गर्न पाउने सुविधालाई सुनिश्चित गर्ने । यसका लागि बैंकले सहज र सुरक्षित तरिकाले आफ्नो ग्राहक पहिचान गरी रिक्वेष्ट भेरिफिकेसन गर्ने व्यवस्था गर्ने ।

४ कारोबार रकमको लिमिट थप गर्ने सम्बन्धमा ।

  • राष्ट्र बैंकबाट बेला बेला आउने निर्देशनले अनलाइन कारोबारको लिमिट घटबढ भैराखेको हुन्छ । अहिले सामान्यतः दिनमा १ लाखसम्म पठाउन सकिने व्यवस्था छ । यसलाई बढाउनु पर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले लगानीकर्ता हो भनेर पहिचान गर्ने व्यवस्था हुनुपर्छ । यो व्यवस्थाको लागि निम्नानुसारले गर्न सकिन्छ ।
  • सबैभन्दा पहिले कारोबार गर्न इच्छुकहरुले आफ्नो डिम्याट खातामा आफूले शेयर कारोबार गर्न प्रयोग गर्ने कुनै एक खातालाई डिम्याटमा रहेको बैंक खातामा परिवर्तन गर्ने । सबैभन्दा राम्रो उपाय लगानीकर्ताहरुले आफूले सिआरएन लिएको बैंक खातालाई नै कारोबार खाताको रुपमा प्रयोग गर्नुमा हुन्छ । यसरी डिम्याटमा बैंक खाता आएपछि
  • लगानीकर्ताहरुले सो को विवरण सहित अनलाइन कारोबार गर्ने भनेर ब्रोकरलाई बैंक खाता, बैंक नाम, बैंकको शाखा र डिम्याट खाता नं. अनि सिआरएन विवरण पठाउने । यसका साथै कारोबारको रकमको दैनिक लिमिट तथा दैनिक कतिपटक कारोबार गर्नेे सो कारोबार संख्याको लिमिटको विवरण पनि पठाउने ।
  • यसरी आएको रिक्वेष्टलाई धितोपत्र दलालले सम्बन्धित बैंकमा आधारिक इमेल ठेगानाबाट वा लेटरहेडमा चिठि बनाई स्क्यान गरी रिफरेन्स लेटरको रुपमा पठाई आफ्नो ग्राहकको भनेर पहिचान गर्ने ।
  • यसरी रिक्वेष्ट आएको पाइएमा बैंकले सो ग्राहकको अनलाइन बैंकिंग वा आइपिएस कनेक्ट भेरिफाइ गरेर रहेको पाइएमा सो चिठीमा उल्लेख भए अनुसारको लिमिट थप गर्ने ।

यसरी अहिलेको अवस्थामा तत्काललाई धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, कनेक्ट आइपिएस, सिडिएससि, डिपि सदस्य, धितोपत्र दलाल एवं बैंकहरुले मिलेर कारोबार सुचारु गराउन गराउन उपरोक्त अनुसारको कार्य गर्ने भनेर संयुक्त समझदारी तथा समस्या आएको देखिएमा त्यसको हल गर्न एक टास्क फोर्सको व्यवस्था गरेर शेयर कारोबार खुला गर्न सकिन्छ ।

लेखक सम्म [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS