IME Life New

ज्योति लाइफको सिइओमा प्रकाश विक्रम खत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् ।

बीमा समितिबाट बैशाख १७ (शुक्रबार) पठाएको पत्रबाट स्वीकृती र संचालक समितिको वैठकको निर्णय अनुसार उनलाई चार बर्षको कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको हो । सिइओ खत्री यसअघि कम्पनीको कार्यकारी उपप्रमुखको पदमा कार्यरत थिए ।
उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बैंकिङ, तथा बीमा र अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासील गरीसकेका छन् ।

Esewa
Crest

खत्रीले बेलायतको सबै भन्दा ठुलो बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS