IME Life New

७२ सालको भुकम्प पश्चात नेपाली शेयर बजारमा कस्तो असर परेको थियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अहिले कोरोना भाइरसको कारणले गर्दा नेपालमात्र होइन संसारभरनै त्रासको वातावरण सिर्जना भएको छ । कोरोना भाइरस आक्रामक रुपमा फैलिएकोले आर्थिक क्रियाकलापहरु ठप्प छन् । आर्थिक क्षेत्रका विज्ञहरुले कोरोना भाइरसको कारण सन् २००८ को भन्दा ठूलो मन्दीमा विश्व अर्थतन्त्र पर्न सक्ने चेतावनी दिँदै आएका छन् ।

कोरोनाको संक्रमण रोक्न नेपाल पनि अहिले पूर्ण रुपमा लकडाउनमा छ । देशमा आर्थिक क्रियाकलाप ठप्प छन् । अन्य देशका शेयर बजार खुलेपनि नेपालमा पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली नभएकोले लकडाउनमा शेयर कारोवार हुन सकेन ।

Esewa
Crest

प्राकृतिक प्रकोप अथवा देशमा ठुलो संकट आउँदा शेयर कारोवार रोकिएको यो पहिलो घटना भने होइन। वि.स. २०७२ साल वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भुकम्प पश्चात नेपालमा शेयर कारोवार रोकिएको थियो । त्यस बेला करिव १ महिना शेयर कारोवार रोकिएको थियो ।

वि.स. २०७२ सालको भुकम्प पछि पनि देशमा नागरिकहरुको मनोविज्ञान बलियो थिएन, त्यसबेला पनि लगानीकर्ताहरु अहिले जस्तै अब शेयर बजार ध्वस्त हुने मनोविज्ञान बोकेर बसेका थिए । प्राकृतिक प्रकोप पश्चात अथवा देशमा ठूलो संकट पर्दा यस प्रकारका मनोविज्ञानले जनता विचलित हुनु स्वाभाविक पनि हो ।

वि.स. २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प जानु अघि नेप्से परिसूचक ९३८ दशमलव १९ को विन्दुमा बन्द भएको थियो । भुकम्प पछि करिव १ महिना शेयर कारोवार हुन सकेन । त्यस पछि बजार लगातार ४ दिनसम्म घटेको थियो । चौथो दिनसम्म नेप्से परिसूचक घटेर ८३७ दशमलव ८३ को विन्दु सम्म आईपुगेको थियो । भुकम्प पछि खुलेको बजार करिव ११ प्रतिशत घटेको थियो र त्यसपछि भने बजारले बुलिस प्रवित्ति समातेको थियो ।

पक्कै पनि अहिलेको लकडाउनले नेपाली शेयर बजारमा सुचिकृत कम्पनीहरुलाई असर गर्ने नै छ। धेरै कम्पनीहरुको व्यापार रोकिएसँगै त्यसको प्रभाव कम्पनीको वित्तीय प्रतिवेदनमा पर्ने नै छ तर सबै सकिएको पनि छैन।

तर भुकम्प र कोरोनाको प्रभाव  भने अलि फरक छ। भुकम्पले निश्चित ठाउँको आर्थिक क्रियाकालपमा असर गरेको थियो भने कोरोनाले देश भर नै आर्थिक गतिविधि ठप्प परेको छ।  त्यस्तै भुकम्प पश्चात देश भित्र तरलता वृद्धि हुँदै त्यसको प्रत्यक्ष असर नेपाली शेयर बजारमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS