IME Life New

जीवन बीमा कम्पनीहरुका लागि कस्तो रह्यो २०७६ साल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०७६ साल जीवन बीमाको क्षेत्रका लागि उपलब्धीमुलक रह्यो । जीवन बीमाको पहुँच जनतामा विस्तार गर्न यो वर्ष ऐतिहासिक रुपले सफल समेत हुन पुगेको छ । अनौपचारिक तथ्याङ्क अनुसार २०७६ सालको सुरुवातमा १७ प्रतिशत हाराहारीमा रहेको बीमाको पहुँच एक वर्षमा बृद्धि भई झण्डै २६ प्रतिशत पुग्न सफल भएको छ । एक वर्षमा यति धेरै पहुँच बृद्धि भएको सम्भवतः यो पहिलो घट्ना हो ।

नयाँ संघको स्थापना
जीवन बीमा कम्पनीहरुले २०७६ सालमा नयाँ संघ स्थापना गर्न सफल भएका छन् । शिवनाथ पाण्डेको अध्यक्षतामा जीवन बीमक संघ नेपाल स्थापना भई अस्तित्वमा आएको छ । यसले समग्र जीवन बीमा कम्पनीहरुको हितमा सामूहिक रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Esewa
Crest

बीमा कोषमार्फत अर्थतन्त्रमा योगदान

२०७६ साल जीवन बीमा कम्पनीहरुका लागि मात्रै नभएर नेपालको वित्तीय क्षेत्रकै लागि पनि संस्मरणयोग्य बन्न पुगेको छ । नेपालका सिंगो अर्थतन्त्रलाई ठूलो योगदान पुग्ने गरी १९ वटा जीवन बीमा कम्पनीहरुले करिब साढे खर्बभन्दा बढि रकमको कोष खडा गर्न सफल भएका छन् । यसले समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराका साथ आर्थिक समृद्धिको मार्गमा अघि बढेको सरकारका लागि पुँजि जुटाउन समेत भूमिका खेलेको रुपमा छ । २०७६ सालमा पुगनपुग तीन खर्ब रुपैयाँको कोष निर्माण गरेर बीमा क्षेत्रले पुर्याएको योगदान सम्भवतः आगाामी दिनमा समेत संस्मरणयोग्य हुनसक्नेछ ।

देशभरिको शाखा सञ्जाल र उपस्थिति

जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । २०७६ सालमा जीवन बीमा कम्पनीहरुको शाखा उल्लेख्य रुपमा बृद्धि भई कूल शाखा संख्या १ हजार ९०० हाराहारी पुगेको छ । त्यस्तै जीवन बीमा कम्पनीहरुमा रोजगारी प्राप्त गर्नेको संख्या समेत उल्लेख्य रुपमा बृद्धि भई झण्डै छ हजार पुगेको छ ।

प्रक्रियागत सुधार तथा नियमन

यसै बर्षदेखि बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुलमार्फत सञ्चालनमा ल्याइएको छ । जसले गर्दा म्यादी बीमा व्यवसायमा हुने विकृति देखिएको छैन । बीमा कम्पनीहरुमा यस्ता समस्या देखिन थालेपछि बीमा कम्पनीले म्यादी बीमाको लागि चार कम्पनी तोकिदिएको थियो । श्रम मन्त्रालयले बीमा समितिलाई वैदेशिक बीमा दाबी अनलाइन मार्फत गराउनको लागि पत्रचार गरेको थियो । त्यससै अनुरुप यस बर्षदेखि अनलाइनमार्फत बीमा पोलिसीको प्रिमियम तिर्न सक्ने व्यवस्था गरिएको छ । हाल पुल मार्फत ४ वटा कम्पनीहरु आवद्ध छन् ।

त्यस्तै, यस बर्षमा जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या पाँच लाख ७० हजार ८६१ पुगेको छ । १९ वटा जीवन बीमा उनीहरुले बीमा समितिबाट बीमा अभिकर्ताको लाईसेन्स लिएका छन् । बीमा अभिकर्ताको संख्या ठूलो भएपनि नविकरण गराउनेको संख्या भने निकै न्यून रहेको देखिएको छ । पाँच लाख अभिकर्ता रहेपनि ९० हजार ९ सय २७ जना पुराना अभिकर्ताहरुले मात्रै नविकरण गराएका छन् ।

त्यसैगरी, आधारभूत मूल्य मान्यता भन्दा बाहिर गएर दम्पती बीमाको दुरुपयोग भएपछि बीमा समितिले जीवन बीमा अन्तर्गत दम्पति बीमामा कडाई गरेको छ । त्यस्तै बीमा समितिले नयाँ भुक्तानी निर्देशिका जारी गरी जीवन बीमाको भुक्तानी गर्दा निश्चित समयसीमाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्त्यमा…..
जीवन बीमाको पहुँच उल्लेख्य रुपमा बृद्धि हुनु, अभिकर्ताको संख्यामा बृद्धि हुनु तथा देशभरि शाखा सञ्जालको समेत दरिलो उपस्थितिले जीवन बीमाको व्यवसाय विस्तार तथा संञ्जाल फैलावटमा २०७६ साल कोशेढुंगा सावित भयो भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS