काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोषमा बीमा समितिले ५ करोड रुपैयाँ सहयोग गरेको छ ।
यस अघि बीमा समितिकोे संचालक समिति बैठकले २ करोड रुपैया दिने निर्णय गरेको थियोे । उक्त रकम तीन करोड थप गरेर समितिले ५ करोड दिने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । साथै कार्यकारी निर्देशक पौडेले विषम अवस्थमा सबैलाई सकेको सहयोग रकम जम्मा गर्न सबैमा आग्रह समेत गरेका छन् ।