IME Life New

नेपाल पुँजीबजार लगानीकर्ता संघले उपत्यका बाहिर विभिन्न जिल्लामा शेयर शिक्षा दिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल पुँजीबजार लगानीकर्ता संघले उपत्यका बाहिरका विभिन्न जिल्लामा पनि शेयर सम्बन्धि तालिम दिदै आईरहेको छ । हालै सेयर बजार को शिक्षा दिने र लगानी कर्ताको सेयर बजारमा पहुँच पुर्याउने अभियानमा अन्तर्गत वुधवार मकवानपुरको हेटौंडामा प्रदेश नम्बर तिनका संयोजक गोकर्ण बहादुर कार्की को उपस्थिती  एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको थियो ।


उक्त कार्यक्रममा लेक्चर देखि विद्यार्थी सम्म र गृहिणी देखि ब्यापारीसम्म को बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रममा १५ बर्ष देखि सेयर बजारमा लागेका पुराना अनुभवी लगानीकर्त ादेखी भर्खरै नयाँ बजारमा प्रवेश गरेका लगानी कर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले नेपाल पुँजी बजार लगानीकर्ता संघको बारेमा विशेष जिज्ञासा राखेका थिए । नेपाल पुँजी बजार लगानी कर्ता संघ र यस्को औचित्य र बिधान को बारेमा प्रदेश तीनका संयोजक गोकर्ण बहादुर कार्कीले स्पष्ट पार्नु भएको थियो । यसरी नेपाल पुँजी बजार लगानी कर्ता संघ जिल्ला जिल्लामा पुग्ने लक्ष्य राखेको छ , जुन निरन्तर रुपमा अघि बढीरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS