काठमाडौं । नेपाल इन्स्योरेन्सको ७१औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत २१ गतेका लागि तय गरिएको साधारण सभा आज एक सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ ।
कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको कम्पनीले सूचनामार्फत जनाइएकबो छ ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा सभाको आयोजना गरेको थियो ।