IME Life New

सांसदको गुनासो–बीमा कम्पनीले मरेका माछा लिएर आउनु भने, सम्पत्ति बीमामा समस्या छ, धेरै सुधार गरिसक्यौंः अध्यक्ष चापागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार अर्थ समितिमा बीमा ऐन २०७५ विधेयकमाथि दफावार छलफल चलिरहेको थियो । पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले प्रश्न उठाए, बीमा कम्पनीले गर्ने दावी भुक्तानीमा दुःख दिने गरेको, ‘भुक्तानी नपाएर हैरान भएको जनगुनासाहरु छन् ।’ उनले औषधोपचार खर्च बापत एक व्यक्तिलाई बीमा कम्पनी पठाउँदा धेरै पटक धाउँदा समेत दावी भुक्तानी लिन नसकेको अनुभव सुनाए । ‘आज, भोलि, पर्सी भन्दाभन्दै हैरान भएपछि औषधोपचार बापतको बीमा दावी भुक्तानी नलिई छोड्नु पर्यो, यस्तो स्थिति पनि देखिन्छ कुरा के हो ?’

Esewa
Crest

लगत्तै अर्का सांसद रामबाबु यादवले थपे, ‘मेरो गाउँमा पोखरीमा पालेको सबै माछाहरु मर्यो । बीमा गरिएको थियो । बीमा कम्पनीले मरेको माछा ल्याउनु भने । माछा मरेपछि केही समय मात्रै बाहिर तैरिएर पुनः डुब्ने रहेछ । पिँधमा डुबेको सबै माछा निकालेर बाहिर राखियो, फोटो खिचेर, प्रहरी तथा वडा कार्यालयबाट प्रमाणित गरेर बुझाइयो । अझै बीमा कम्पनीले दावी भुक्तानी गर्ने छाँटकाँट गरेन । केही पछि ५० हजार दिन्छु भन्दै आए ।’ यस्तो बदमासीलाई कसरी तह लगाउने ?

बीमा कम्पनीहरुले बीमितलाई दिएको दुःख र सास्तीबारे सचित्र बयान सुनेपछि बीमा समितिका अध्यक्ष चिञ्जीवीलाई जवाफ दिन सभापति कृष्ण प्रसाद दाहालले अनुमति दिए । अध्यक्ष चापागाईले सम्पत्ति बीमाको दावी भुक्तानीमा केही समस्या रहेको स्वीकार गरे । साथै उनले बीमा कम्पनीले दावी भुक्तानी नदिएर वा दिएर पनि चित्त बुझ्दो नदिएमा बीमा समितिमा उजुरी गर्न सक्ने जानकारी दिए ।

अध्यक्ष चापागाईले भने, ‘बीमा समिति अर्धन्यायिक निकाय हो, बीमितलाई अन्याय परेमा न्याय दिने निकाय बीमा समिति हो। यस वर्षमात्रै १०० वटा त्यस्ता उजुरी दर्ता भएका छन्, ति उजुरीहरुमाथि मध्यस्थता गर्ने तथा कतिपय सन्दर्भमा आदेश दिएरै कार्यान्वयन गराएका छौं । पीडितहरुले म पीडित भए, मलाई न्याय चाहियो भनेर त आए भने न्याय पाउँछन् ।’

आइतबारको अर्थ समितिको बैठकमा अध्यक्ष चापागाईले बीमा कम्पनीले गर्ने दावी भुक्तानी सरल र पारदर्शी बनाउने उद्देश्यले भर्खरै मात्रै भुक्तानी सम्बन्धी मार्ग दर्शन जारी गरेर बीमा कम्पनी तथा सर्भेयरहरुलाई समय सीमा नै तोकेर दावी भुक्तानी गर्न निर्देशन दिइएको समेत जानकारी गराए ।

अध्यक्ष चापागाँईले सम्पत्ति बीमाको दावी भुक्तानी अनुपात ७० प्रतिशत रहेको बताउँदै आगामी दिनमा अझै सुधार गरेर अघि बढ्ने बताए । साथै हालै जारी भएको भुक्तानी सम्बन्धी मार्गदर्शनले पनि थप नतिजा दिने बताए ।

बैठकमा सांसदहरुले बीमा कम्पनीले पीडितलाई थकाउने, गलाउने नीति अख्तियार गरेर हैरानी दिएको भन्दै त्यस्तो गलत प्रवृत्ति रोक्न कडा नियमनको खाँचो औल्याए । सांसद राम कुमार झाँक्रीले बीमा कम्पनीप्रति जनताको विश्वास जगाउन समितिले भूमिका निर्वाह गर्नुपर्ने बताईन् । बीमा कम्पनीलाई नैतिकवान र इमान्दार बनाउनुपर्ने आवश्यकता रहेको समेत उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS