काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा चैत १४ गते बोलाएको छ ।
कम्पनीले सिल्भर ओके बैंक्वेट तथा इभेन्ट सेन्टर गैरिधारा, काठमाडौंमा साधारणसभा बोलाएको हो । कम्पनीको फाल्गुण २० गते बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभामा वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा –नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने विषय लगायत अन्य बिषयमा छलफल गर्न कम्पनीले जनाएको छ ।