IME Life New

नेप्से १३.०६ अंकले बढेर १२३० को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा हरीयालीपन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको चौथौँ दिन १३ दशमलव ०६ अङ्कले बढेर १२३० दशमलव ७१ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४३ करोड २९ लाख पुगेको छ ।

सबै भन्दा धेरै फाईनान्स क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । फाईनान्स क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ३६ प्रतिशतले घटेको छ । फाईनान्स, होटल, उत्पादनमूलक क्षेत्रको उपसुचक बाहेक अन्य क्षेत्रको उपसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचकमा १ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो ।सबै भन्दा धेरै एनआईसि एसिया बैंकको ४ करोड ८९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै रिद्धि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमा ५ दशमलव २६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आईसिएफसि फाईनान्स लिमिटेडको शेयर ५ दशमलव ७८ प्रतिशतले घट्न पुग्यो ।निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ९७ प्रतिशतले बढेकोे छ भने ५ हजार ८ सय ७४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०७ प्रतिशतले बढेर ५ हजार ५ सय ८३ को बिन्दुमा बन्द भएको छ ।

Esewa
Crest

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ५२ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ८ लाख १६ हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS