IME Life New

‘आठ वर्ष पत्रकारिता गरेँ, भविष्य खोज्न बीमा क्षेत्र रोजे, झुपडीमा पुगेर गरिबको बीमा गर्दैछु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजु साह, एजेन्सी म्यानेजर, एशियन लाईफ इन्स्योरेन्स कम्पनी

पर्सामा जन्मिएका राजु साह कानु संघर्षकै दौरानमा उच्च शिक्षा अध्ययन र पत्रकारिता गर्न बारा आईपुगे । बारामा साझेदारी दैनिक तथा एक एमएफमा करिब आठ वर्ष काम गरे । उनी जीवनको भविष्य खोज्ने क्रममा थिए । विभिन बैंक तथा बीमा कम्पनीहरुले आयोजना गरेको कार्यक्रममा समाचार संकलनको लागि जान्थे । त्यसैक्रममा एलआईसी नेपालले सञ्चालन गरेको तालिमको रिपोर्टिङ गर्न जाँदा उनको मन एकाएक भाँडियो ।

२०७३ सालमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता कोड लिइसकेका उनी जीवन बीमा अभिकर्ताको रुपमा सक्रिय भइसकेका थिएनन् । एक दिन पुनः एलआईसी नेपालले आयोजना गरेको बीमा दावी भुक्तानी गर्ने कार्यक्रमको समाचार बनाउँदै गर्दा साह भक्कानिए । मृतकका परिवारले बीमा रकम पाउँदाका पीडाबीचको खुशी छचल्किएको हेर्न निकै मुश्किल पर्यो । कार्यालय पुगे समाचार बनाए । तर, त्यो दिन नै उनको समाचार संकलन गर्ने औपचारिक पत्रकारिता पेशाको अन्त्य भयो । राजु भन्दछन्, ‘त्यो भावविह्वलका बीच बाँचेका परिवारका छचल्किएको खुशीले मलाई बीमा व्यवसाय पवित्र पेशा रहेछ भन्ने लाग्यो, त्यही दिनदेखि बीमा व्यवसायमा आवद्ध हुने निर्णय गरेँ ।’

Esewa
Crest

साह भन्दछन्, ‘त्यस दिन मैले गरिब परिवारका सदस्यहरुमा बीमा बापतको रकम पाउँदाको खुशी देखेर मैले आफूलाई बारा, पर्सा, रौतहटलगायतका देशका झुपडीमा बस्ने जनतालाई जीवन बीमाको दायरामा ल्याउन भूमिका खेल्ने निर्णय गरे ।’ स्थानीय झुपडीमा बस्ने किसानले गर्ने बीमाका ठूलो महत्व हुने बताए । उनले भन्दछन्, ‘हुनेले करोडको बीमा गर्छन्, हातमा ठेला उठाएर महिनाको एक हजार बचत गरेर एक लाख रुपैयाँको बीमा गर्ने गरिब परिवारलाई सबैभन्दा धेरै बीमाको महत्व मैले देखे ।’ हालसम्म एक सयभन्दा बढि बीमालेख बिक्री गरिसकेका उनले आफूलाई न्यून आए भएका गरिब परिवारलाई बीमामा जोड्न चाहेको बताउँछन् ।

सुरुवाती दिनमा बीमाबारे जनचेतना जगाउन निकै मुश्किल परेको उनी बताउँछन् । समाचार लेखेबापत पाउने १५–२० हजार रुपैयाँले नपुगेर बीमा क्षेत्रमा लागेका उनले बीमा क्षेत्रमा लागेको तीन महिनामै एक लाख ९० हजार रुपैयाँ आफ्नो खातामा आएपछि सिधैं शाखा प्रमुखलाई भेटेर यति धेरै रकम कसरी आम्दानी भयो भन्दै प्रश्न गर्न पुगेको सम्झन्छन् । बीमा क्षेत्रमा लागेको छोटो अवधीमा नै राम्रो प्रगति गरेका उनले १५ जना अभिकर्तालाई कोडमा राखेर व्यवसाय गर्दै आएका छन् । चालु आ.वको छ महिनामा ४० लाख बीमा शुल्क संकलन गरिसकेका उनले यस वर्ष डेढ करोडमाथि बीमा शुल्क उठाउने योजनाका लागि संघर्ष गरिरहेको बताउँछन् । गत वर्ष झण्डै एक करोड बीमा कारोबार गरेका उनले बीमा व्यवसाय आक्रामक विस्तारमा जुटेका छन् ।

बीरगन्जको सिर्सियाक्षेत्रका सुकुम्बासी बस्ती, बाराको कलैयाका गरिब बस्तीदेखि रौतहतको पश्चिमी–दक्षिणी क्षेत्रसम्मको क्षेत्रलाई आधार क्षेत्र बनाएर रणनीतिक रुपमा बीमा व्यवसायमा खटिएका साह देशका गरिब बस्तीहरुमा पुगेर सानो सानो रकमको बीमा गरेर जनताको सेवा गर्ने धोको रहेको सुनाउँछन् ।

२०७४ सालदेखि एशियन लाईफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा प्रवेश गरेका उनी अहिले एशियन लाईफ इन्स्योरेन्स कम्पनी बारा कलैया शाखाको कोडमा काम गर्दै आएका छन् । उनी सो शाखाका सबैभन्दा उत्कृष्ट एजेन्सी म्यानेजर हुन् । २० वर्षको उमेरमा विवाह गरेका उनले २२ वर्षको उमेरदेखि नै जीवन बीमा पेशामा आबद्ध भएका थिए । हाल २४ वर्षका उनी समाचार लेख्नु र जीवन बीमा गराउनु उस्तै उस्तै पेशा रहेछ–दुवै समाज सेवा हाे बताउँछन्।

जीवन बीमाको काम गर्दा जनतालाई बचत र जोखिम दुवैको ग्यारेन्टी गर्ने हुँदा न्यून आय भएका गरिब परिवारमा झनै बीमाको महत्व देखेर जनचेतना र व्यवसाय दुवैका लागि पत्रकारिता छोडेर बीमा व्यवसायमा लागेको बताउँछन् । उनी भन्दछन्, ‘हुनेखानेले करोड रुपैयाँको बीमा नगरे पनि क्षतिपश्चात अर्को विकल्पमा जान सक्दछन्, तर गरिब जनताको परिवारमा क्षति भएमा एउटा उनीहरुका लागि धर्ती फाँट्छ, आकाश खस्छ ।’

बीमितहरुको हितमा एजेन्सीहरुले काम गर्नुपर्ने उनी बताउँछन् । बीमा अभिकर्ताहरुले बीमितको हितमा काम गर्नुपर्ने, बीमितको यथार्थ कुरा पत्ता लगाएर बीमा गर्नुपर्ने सुझाव दिन्छन्, राजु साह । भारतीय बीमा कम्पनी एलआईसी इण्डियाको प्रभाव नेपालको सीमा क्षेत्रमा अझै कायमै रहेको सन्दर्भमा सीमा क्षेत्रका जनतालाई बीमा जनचेतना जगाउन सक्रिय रहेका शाहको प्रयास एशियन लाईफ इन्स्योरेन्स कम्पनी मात्रैका लागि नभई देशको बीमा क्षेत्रमा सकारात्मक योगदान पुर्याउन भूमिका निर्वाह गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS