IME Life New

१८ निर्जीवन बीमा कम्पनीका १२ अर्ब दावी भुक्तानी बाँकी, कसको कति? (तथ्याङ्क सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमाससम्म १२ अर्ब भन्दा बढि रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्ममा १२ अर्ब २० करोड ८ लाख रुपैयाँ बराबरको दावी रकम भुक्तानी गर्न बाँकी छ ।

विदेशी कम्पनीको नेपालस्थित रहेको शाखा नेशनल इन्स्योरेन्सले रिपोर्ट सार्वजनिक गरेको छैन भने राष्ट्रिय बीमा कम्पनीले भुक्तानी हुन बाँकी दावीको तथ्याङ्क आफ्नो वित्तीय प्रतिवेदनमा समावेश गरेको छैन।

Esewa
Crest

चालु आवको दोश्रो त्रैमासको अवधिमा सबैभन्दा धेरै भुक्तानी हुन बाँकी दावी रकम प्रिमियर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्सको रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब ३४ करोड  रुपैयाँ रहेको छ ।

तेस्रोमा एभरेष्ट इन्स्योरेन्स रहेको छ । चालु आवको दोश्रो त्रैमासको अवधिसम्ममा कम्पनीमा भुक्तानी हुन बाँकी रहेको दावी रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

भुक्तानी हुन बाँकी दाबी रकम कम्पनीले मात्र नभई ‘रि इन्स्याोरेन्स’ कम्पनीले व्यहोर्ने हुँदा सम्पूर्ण दावी रकम कम्पनीले मात्र व्यहोर्न नपर्ने हुँदा सम्बन्धीत कम्पनीलाई मात्रै भार पर्दैन ।

                                                                                     

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS