Connect IPS
IME Life

नेशनल लाईफको बीमा शुल्क आर्जन ४ अर्ब नजिक, कस्तो आयो रिपोर्ट ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम २८ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ९५  करोड ५१ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले २३ करोड ५८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ।

वार्षिक प्रति शेयर आम्दानी भने १५ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १२२ रुपैया ०४ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS