IME Life New

गुराँस लाईफको नाफा ७९% ले बढ्यो, व्यापार पनि राम्रो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३१ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । गुराँस  लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

Esewa
Crest

 

९३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६  करोड ५२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले ७ करोड ३५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ।

वार्षिक प्रति शेयर आम्दानी भने १५ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १४१ रुपैया ६१ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS