IME Life New

बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुदै, प्राकृतिक प्रकोपमा बीमाको नयाँ नीति बनाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज) को २१ औ सम्मेलन असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ।

सम्मेलनमा विकाससिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायका १५० भन्दा धेरैको सहभागिता रहने आयोजनले जनाएको छ। एआइआरडिसी, बीमा समिति र नेपाल बीमक संघले संयुक्त रुपमा यो सम्मेलनको आयोजना गर्न लागेका हुन्। सो सम्बन्धमा पत्रकार सम्मलेन गरेर जानकारी गराईएको छ।
ठूला ठूला प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रत रहेको आयोजनाका उपाध्यक्ष विजय शाहले जानकारी दिए। प्राकृतिक रुपमा सिर्जित जलवायु परिवर्तन तथा मानविय रुपमा सिर्जित साइबर क्राइमको जोखिमलार्इ कसरीमा बीमा क्षेत्रले बहन गर्न सक्छ भन्ने विषयमा छलफल तथा कार्यक्रम केन्द्र हुने शाहले जानकारी दिए।

Esewa
Crest

यस सम्मेलनमा उठेका विषयबस्तु बाट बीमा समितिले आवश्यक नीति नियम तथा निर्देशन तयार पार्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इले पत्रकार सम्मेलनमा बताए। यस्ता कार्यक्रमले बीमा समिति तथा बीमा कम्पनीहरुलार्इ नयाँ नयाँ पोलिसी बनाउन समेत सजिलो पार्ने प्रस्ट्याए।

५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागीता जनाउनेछन् ।एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । यसपालीको सम्मेलन नेपालले आयोजन गर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन्।विजय बहादुर शाह निर्जिबन बीमा कम्पनी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS