आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख
आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो। यसरी आरएमडीसी लघुवित्तको खुद मुनाफा सामान्य घटेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३२ रुपैया ५१ पैसा हुन् आउछ। चुक्ता पुँजी ८९ करोड ९३ लाख रहेको कम्पनीको किताबी मूल्य २७३ रुपैया ३४ पैसा रहेको छ।
महुली लघुवित्तको नाफामा पनि सामान्य वृद्धि
मर्जर प्रक्रियामा रहेको महुली लघुवित्तको नाफामा सामान्य वृद्धि आएको छ। महुली लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ३ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड २ लाख खुद मुनाफा गरेको थियो। यसरी लघुवित्तको खुद मुनाफा सामान्य वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३९ रुपैया ८१ पैसा हुन आँउछ । ।चुक्ता पुँजी १२ करोड २४ लाख रहेको कम्पनीको किताबी मूल्य ३०८ रुपैया ६१ पैसा रहेको छ।
नेशनल माईक्रोफाईनान्सको मुनाफा ६२ प्रतिशतले वृद्धि
नेशनल माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २५ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ७२ लाख खुद मुनाफा गरेको थियो। यसरी नेशनल माईक्रोफाईनान्सको खुद मुनाफा ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ७० रुपैया २९ पैसा छ । चुक्ता पुँजी २६ करोड ४० लाख रहेको कम्पनीको किताबी मूल्य १८५ रुपैया २७ पैसा रहेको छ।
आशा लघुवित्तको मुनाफामा २३१ प्रतिशतले बढ्यो
आशा लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ७० खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८१ लाख ६४ हजार खुद मुनाफा गरेको थियो। लघुवित्तको खुद मुनाफा २३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २३ रुपैया ३२ पैसा छ । चुक्ता पुँजी २३ करोड २२ लाख रहेको कम्पनीको किताबी मूल्य १२७ रुपैया १२ पैसा रहेको छ।