IME Life New

आजै रिपोर्ट सार्वजनिक गरेका ४ लघुवित्तले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख
आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो। यसरी आरएमडीसी लघुवित्तको खुद मुनाफा सामान्य घटेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३२ रुपैया ५१ पैसा हुन् आउछ। चुक्ता पुँजी ८९ करोड ९३ लाख रहेको कम्पनीको किताबी मूल्य २७३ रुपैया ३४ पैसा रहेको छ।

महुली लघुवित्तको नाफामा पनि सामान्य वृद्धि 
मर्जर प्रक्रियामा रहेको महुली लघुवित्तको नाफामा सामान्य वृद्धि आएको छ। महुली लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ३ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड २ लाख खुद मुनाफा गरेको थियो। यसरी लघुवित्तको खुद मुनाफा सामान्य वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ३९ रुपैया ८१ पैसा हुन आँउछ । ।चुक्ता पुँजी १२ करोड २४ लाख रहेको कम्पनीको किताबी मूल्य ३०८ रुपैया ६१ पैसा रहेको छ।

Esewa
Crest

नेशनल माईक्रोफाईनान्सको मुनाफा ६२ प्रतिशतले वृद्धि
नेशनल माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २५ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ७२ लाख खुद मुनाफा गरेको थियो। यसरी नेशनल माईक्रोफाईनान्सको खुद मुनाफा ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ७० रुपैया २९ पैसा छ । चुक्ता पुँजी २६ करोड ४० लाख रहेको कम्पनीको किताबी मूल्य १८५ रुपैया २७ पैसा रहेको छ।

आशा लघुवित्तको मुनाफामा २३१ प्रतिशतले बढ्यो
आशा लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड ७० खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८१ लाख ६४ हजार खुद मुनाफा गरेको थियो।  लघुवित्तको खुद मुनाफा २३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २३ रुपैया ३२ पैसा छ । चुक्ता पुँजी २३ करोड २२ लाख रहेको कम्पनीको किताबी मूल्य १२७ रुपैया १२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS