काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्कासन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्यारेन्सले आईतबार ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो ।
उक्त सहमतीपत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी हस्ताक्षर गरेका हुन् ।