Connect IPS
IME Life

युनाईटेड इन्स्योरेन्समा सहमति, राजिनमा दिएका चौधरी ग्रुपका प्रतिनिधि आउट, रविभक्त बने नयाँ अध्यक्ष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । बरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका छन् । यसअघि आफ्ना प्रतिनिधिमार्फत लगानी गर्दै आएका एनई ग्रुपका अध्यक्ष श्रेष्ठले यस पटकदेखि आफैले प्रत्यक्ष रुपमा बीमा कम्पनीमा नेतृत्व गर्न आएका हुन् ।

Prabhu
Crest

युनाईटेड इन्स्योरेन्सको हिजो बसेको बोर्ड बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी, राजिनामा दिएका चौधरी ग्रुपका दुई जना सञ्चालक पनि युनाईटेड इन्स्योरेन्सबाट आउट भएका छन् । बृद्धकाजी श्रेष्ठ र महेश पन्तको राजिनामा स्वीकृत भएको छ ।

पन्त नविल बैंकमा गइसकेका छन् भने श्रेष्ठलाई युनाईटेड नफर्काउने बताइएको छ । श्रेष्ठको ठाउँमा चौधरी ग्रुपले जीवन भट्टराईलाई पठाएको छ । भट्टराईले नयाँ सञ्चालकको रुपमा काम गर्दैछन् ।बुधबार अध्यक्षमा चयन भएका श्रेष्ठले बिहिवार बीमा समिति पुगेर शपथ लिइसकेका छन् । साथै उनले आजै कार्यभार समेत सम्हालेका छन् । युनाईटेड इन्स्योरेन्समा एनई ग्रुपको करिब २६ प्रतिशत शेयर हिस्सा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS