काठमाडौं । प्रस्तावित जीवन बीमक संघले औपचारिकता प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं मा उक्त संघले दर्ता भएसँगै औपचारिकता प्राप्त गरेको हो ।
यही पुस ९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले दर्ता नं ८३३ मा जीवन बीमक संघ नेपाल नामक संस्था दर्ता भएको हो । संघको संस्थापक अध्यक्ष शिव नाथ पाण्डे छन् । संघको कार्यालय, काठमाडौं महानगरपालिका वडा नं १० मा रहने जनाइएको छ ।
औपचारिक रुपमा संघ दर्ता भएपछि सोमबार ललितपुरको हिमालय होटलमा सबै बीमा कम्पनीका सिईओहरु भेला भएर सेलिब्रेशन समेत गरेका छन् । नेपाल बीमक संघले गत वर्ष निर्जिवन बीमा कम्पनीहरुलाई मात्र समेटेर पुगेर पुनर्गठन गरेपछि जीवन बीमा कम्पनीहरु छुट्टै छाता संस्था स्थापना गर्ने अभियानमा जुटेका थिए ।