IME Life New

इटहरीमा अजोड इन्स्योरेन्सद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इटहरी । अजोड इन्स्योरेन्सको शाखा कार्यालय इटहरीले प्रदेश नं. १ र २ लाई समेट्ने गरी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले मंसिर २६, २७ र २८ गते संगीतचोक, इटहरीमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए ।

Crest

तालिमको सहजिकरण इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेको जनाएको छ ।

तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न विषयको वारेमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी उक्त तालिममा अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS