काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयरपछि मूल्य समायोजन भएको छ । बोनशपछि शेयर मुल्य समायोजन हुने कम्पनीहरुमा स्वरोजगार लघुवित्त र हिमालयन डिष्टिलरी हुन् ।
स्वरोजगार लघुवित्तको २६ दशमलव ७५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । शेयरमुल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ पैसा रहेको छ ।
यस्तै, हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य प्रतिकित्ता ११ सय ६६.६७ पैसा कायम भएको छ ।