IME Life New

सानिमा लाइफको साधारण सभा सम्पन्न, ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न दोश्रो वार्षिक साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले कम्पनीको अध्यक्ष कुमार प्रसाद कोइरालाले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाहविवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ।व।२०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ।

Esewa
Crest

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको छ । सानिमा लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २२ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ६४ वटा शाखा(उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि जनसमक्ष प्रस्तुत गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्रि विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS