IME Life

अभिकर्ता प्रशिक्षणमा आक्रमक बन्दै राष्ट्रिय बीमा संस्थान, दियो विराटनगरमा ३३ जना अभिकर्तालाई तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

विराटनगर । राष्ट्रिय बीमा संस्थानले अभिकर्ताहरुलाई तालिम दिएको छ । संस्थानले कात्तिक २१ गतेदेखि २३ गतेसम्म ३ दिने जीवन बीमा अभिकर्ताको आधारभुत तालिम दिएको जनाएको छ ।

उक्त तीन दिने तालिममा ३३ जना अभिकर्ताहरु सहभागी रहेको कम्पनीले जनाएको छ । तालिममा अभिकर्ताहरुले बीमा भनेको के हो, बीमाको महत्व किन छ, बीमाका सिद्धान्तहरु र बीमाको प्रकारको बारेमा जानकारी लिएका थिए ।

Prabhu
Crest

त्यस्तै, बीमा सम्बिन्धी हाल नेपालमा लागु भएका ऐन, नियमावली तथा बिनियमहरुका साथै, राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु, संस्थामा कार्यरत अभिकर्ताहरुको सेवा सुविधाहरु लगायत बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय बृद्धिका तरिकाका बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले आफ्नो कम्पनीको भावी कार्यदिशाको बारेमा सहभागीहरुलाई जानकारी दिए ।

अभिकर्ताहरुको प्रशिक्षणमा आक्रमक रुपमा अधि बढदै आएको संस्थानले कात्तिक आज कात्तिक २४ गतेदेखि २६ गतेसम्म विर्तामोडमा अभिकर्ताहरुलाई जीवन बीमाको आधारभुत तालिम संचालन गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS