IME Life New

फर्जी कागजात बनाएर बीमा दावी गर्नेमाथि कडा कारवाहीमा जान अर्थमन्त्रीको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा.खतिवडाले फर्जी कागतपत्र बनाउने बीमितहरूलाई कारबाहीको दायरामा ल्याउन कानुनी प्रक्रियामा जान बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पुनर्बिमा कम्पनीको छैठौँ वार्षिकोत्सवका अवसरमा बिहिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले दाबी भुक्तानीको क्रममा हुने अनियमिततालाई रोक्नुपर्ने, फर्जी कागजातबाट बीमा दावी गर्ने प्रवृत्ति निरुत्साहित गर्न सबै बीमा कम्पनीहरु क्रियाशिल हुनुपर्ने बताए ।

Esewa
Crest

बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । फर्जी दाबीको कारण बीमा दाबीमा नकारात्मक असर पर्ने भएकाले यसमा बीमा कम्पनीले बिशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले बीमा कम्पनीले पनि दावी भुक्तानीमा ढिलाई गर्नु नहुने बताए । मन्त्री खतिवडाले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय बीमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिनुपर्ने बताए ।

नेपाल पुनर्बीमा कम्पनीको छैटौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सो कम्पनीका अध्यक्ष महेश कुमार गुरागाँई, निमित्त कार्यकारी अधिकृतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS