काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । अभिकर्ता भई काम गर्न चाहाने व्यक्ति तथा संस्थालाई लक्षित गर्दै तालिम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सले उक्त तालिम केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा संचालन गर्न लागेको हो । उक्त तालिम कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम शुल्क ५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
आवेदकले तालिममा सहभागी हुनलाई न्युनतम एसएलसी पास हुनुपर्ने छ । आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर पेश गर्नुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले भोलि कात्तिक १८ गतेसम्म निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।