काठमाडौं । एभरेष्ट बैंकको सिईओमा गजेन्दर नेगी नियुक्त भएका छन् । नेगीले विहिबार देखी सिईओको कार्यभार सम्हालेका हुन् ।
यसअघि सिईओ रहेका रामेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएको बैंक स्रोतले जनाएकोे छ । निर्वतमान सिईओ सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा फिर्ता भएका छन् । नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए ।