काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडका संचालक समितिका निवर्तमान सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई प्रहरीले पक्राउ गरेको छ। किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरी टोलीले जनकपुरधाम ८ बलवा टोलस्थित यादवलाई घरैबाट पक्राउ गरेको हो ।ऋणी यादवलाई जनकपुरधाम १० का ऋणी लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका, जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा प्रहरीले अनुसन्धान गरेको थियो ।
रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।
पिडित रौनियारको बर्दिवासस्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको स्रोतको दाबी छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपश्चात् उनी फरार भएका थिए ।