IME Life New

किर्ते ठगी मुद्दामा सहयोगी विकास बैंकका संचालक यादव प्रकाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडका संचालक समितिका निवर्तमान सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई प्रहरीले पक्राउ गरेको छ। किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरी टोलीले जनकपुरधाम ८ बलवा टोलस्थित  यादवलाई घरैबाट पक्राउ गरेको हो ।ऋणी यादवलाई जनकपुरधाम १० का ऋणी लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका, जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा प्रहरीले अनुसन्धान गरेको थियो ।

Esewa
Crest

रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पिडित रौनियारको बर्दिवासस्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको स्रोतको दाबी छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपश्चात् उनी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS