Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आज मंगलबार (असोज २८ गते) बाट ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त विक्री खुला भएको लिलामी शेयरमा कात्तिक ५ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले यसअघि साउन २१ गतेदेखि भदौ २३ गतेसम्म ११ लाख ४ हजार ५७५ कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५६ हजार ५६१ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अब लिलामीमा प्रक्रियामा ल्याएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौंबाट आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । ग्लोबलकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS