काठमाडौं । एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुने बैंकले जनाएको छ ।