IME Life New

साइन रेसुङ्गा, पूर्णिमा र भार्गव विकास बैंकको भोलिदेखि एकीकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइन रेसुङ्गा, पूर्णिमा र भार्गव विकास बैंकको भोली सोमबार (असोज २७ गते) बाट एकीकृत कारोबार हुने भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा र भार्गवलाई एक्वायर गरी एकीकृत कारोबार समेत सुरु गर्न लागेका हुन् ।

यी बैंक एक आपसमा गाभिएपछि साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने बैंकले जनाएको छ । यी ३ बैंकको भदौ १४ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

तीन वटै बैंकको संयुक्त निवेदनपछि नेपाल राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइएको थियो ।

एक्वायर पश्चात बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS