काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योेन्स कम्पनीले बोर्डबाट १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
उक्त हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ कम्पनीले २० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असोज २७ गते बुक गर्दैछ । असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ