IME Life New

बीमा क्षेत्र उदाहरणीय बन्दै, आरोहीले पाईन जन्मदिनमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्म दिन मनाउने फरक फरक शैली छ । टाउकोमा सोली जस्तो टोपी र क्राउन राखेर बलेको बत्ति निभाउँदै जन्मदिन मनाउने ‘हाईब्रिड’ संस्कार यतिबेलाको नेपाली समाजको ‘बर्डडे कल्चर’ हो । विदेशी र आयातित संस्कारलाई नेपालीको मौलिक संस्कारमा रुपान्तरण गर्नुपर्ने समाजशास्त्रीहरुको धारणा यदाकदा सुन्न र पढन पाइन्छ ।

बीमा मानिसको बचत र जोखिम वहन दुवै हो । त्यही बीमालाई नेपाली शैलीको जन्मदिन मनाउने ‘बर्थ डे कल्चर’ मा रुपान्तरण गर्ने संस्कार सानै होस, तर हुर्कदै छ । बीमा क्षेत्रमा सर्वसधारण स्वयमले प्रबद्र्धनात्मक अभियान चलाउन थालेपछि यसको पहुँच अझै बढ्ने विश्वास गर्न सकिन्छ । जन्मदिनको उपहार खेलौना वा अन्य सजावटी सामानहरु दिएर मनाउने गरेको हाम्रो समाज आज बीमा पोलिसी दिएर बीमा क्षेत्रलाई सान्दर्भिक बनाउनेतर्फ उन्मुख हुन थालेको छ ।

Esewa
Crest

यसै सन्दर्भमा इटहरी नगरपालिका–२० तरहरा निवासी दधी राम पौडेल र बिन्दा श्रेष्ठले आफ्नी छोरी आरोहीलाई जन्मदिनको उपहार स्वरुप बीमा पोलिसी दिएका छन् । छोरी आरोहीको सातौ जन्मदिनमा उनका आमा–बुबाले सानिमा लाइफ इन्स्योरेन्सको बाल सौगात बीमा योजना अन्तर्गतको पाँच लाखको बीमा पोलिसी खरिद उपहार दिएका छन् ।

जन्मदिन मनाउन त्यसै पनि १०/१५ हजार रुपैयाँ खर्च हुने र सो रकम बराबरको बीमा गरी छोरीको सुस्वास्थ एवम दिर्घायुको कामना गरेको पौडेल दम्पत्तिले जनाएका छन् ।

सानिमा लाईफ इटहरी शाखाले पनि नयाँ शैलीको बीमा पोलिसी बिक्री भएको सन्दर्भ पारेर एक कार्यक्रमकै बीच उक्त पोलिसी इटहरी शाखाका प्रबन्धक सन्तोष भट्टराई, बजार प्रतिनिधी बिनोद कार्की तथा एजेन्सी म्यानेजर गिता खत्रीले हस्तान्तरण गरेका छन् ।

जन्मदिनको शुभकामना व्यक्त गर्दै कतिपयले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा १५/२० बर्ष पछि कोही पनि गरीबीको कारण छटपटाउन नपर्ने कुरा समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS