काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्थाको संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलामीबाट विक्री हुने भएको छ ।
कम्पनीले संस्थापकतर्फको ७६ हजार ७०३ दशमलव ८० कित्ता तथा सर्वसाधारणतर्फको ४६ हजार ५०९ दशमलव २० कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो ।
उक्त लिलामी शेयरमा असोज ६ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिने लघुवित्त कम्पनीले जनाएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य१ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।