IME Life

आशा लघुवित्तद्धारा जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि तालिम दिएको छ । लघुवित्तले शाखा प्रवन्धकहरुको लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्य ३ दिने जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृति बद्रीप्रसाद दुलालले गरेका हुन् । भदौं २५ गतेदेखि शुरु गरिएको उक्त कार्यक्रममा देशभरि ५५ वटा शाखा कार्यालयमा ५५ जना शाखा प्रबन्धकहरुको उपस्थिती रहेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

संस्थाका प्रमुख कार्यकारी अधिकृत दुलालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताए ।

उक्त तालिम प्रशिक्षहरुमा तिर्थरत्न कोनाजो, दिपेन्द्र पहाडी तथा विश्वमणी तिवारीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले कर्जा व्यवस्थापन,उत्प्रेरणा तथा सकारात्मक सोचको विकास सम्बन्धमा तथा योगा र ध्यान सम्बन्धी ज्ञाण हासिरल गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा अनुगमन अधिकृतहरु बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे ।

हालसम्म संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा करिब १ अर्ब ९७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ५३ करोड भन्दा बढी निक्षेप संकलन गरेको संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS