IME Life New

प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरे लघुवित्तद्धारा सरसफाई कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बाँके । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहिया, बाँकेले नेपाल प्रहरी,सशत्र प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरेको सरसफाई अभियान अन्तर्रगत , “सफा घर आँगन स्वच्छताको पहिचान” भन्ने मूल नारा सहित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा आवद्घ महिला सदस्यहरु साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर वित्तीय साक्षरता, महिला सशक्क्तीकरण विषयमा जनचेतना कार्यक्रम गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरु तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेका थिए । सरसफाई कार्यक्रममा विशेष गरी गाउँलाई खुल्ला दिशा मुक्त्त बनाउन सबै चर्पीमा नै दिसा पिसाब गर्न, घर चोक बजार तथा अन्य सार्वजनिक स्थलहरु सफा राख्न जनचेतना दिएको थियो ।

कार्यक्रम कुनै एक संस्थाको नभई सरसफाई सबैको साझेदारीमा हुने भएकाले समुदायको मानिसहरुको उपस्थीतीमा सरसफाई गर्नु पर्ने र नगर्दा हुने बेफाइदाको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, कर्जा असुलि तथा व्यवस्थापन विभागका सुरेश खड्का, मटेहिया प्रहरी चौकीका प्रतिनिधि, मटेहिया अस्पतालका प्रतिनिधि, मटेहिया सशत्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सरसफाई कार्यक्रमसँगै मिर्मिरे लघुवित्तले वित्तीय साक्षरता महिनावारी सरसफाई लगाएतका विषयमा महिलाहरुलाई भिडियो सामाग्री प्रस्तुत गरेको थियो । संस्थाले स्थापनाकाल देखि त्यस क्षेत्रमा सरसफाई , घुम्टो प्रथा, छुवाछुतका विषयमा जनचेतना जगाउदै आइरहेको छ ।

संस्थाले त्यस क्षेत्रमा रहेको स्कुल , वडा कार्यालय, प्रहरी साथै अन्य निकाय समक्ष ध्यानकार्षण गराउदैँ परिवर्तनमा निमित्त सबैले आ– आफ्नो ठाउँबाट योगदान तथा सहयोग गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS