IME Life New

एनआइसी एशिया बैंकको मोरङमा ३ नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले मोरङमा वुधबार ३ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । नयाँ शाखा कार्यालयको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।

Esewa
Crest

त्यस्तैगरी बैंकले विराटनगरमा नै हाटखोलास्थित हाटखोलामा पनि शााखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका हुन् ।

हाल बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवम ४१ वटा शाखारहित बैंकिङमार्फत् करिब १८ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ,भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS