काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गरेको छ । बैंकले फाइनान्सलाई आज बुधबार खरिद गरी एकिकृत कारोबार थालेको छ । हाथवे फाइनान्सका सबै वित्तीय कारोबार आजबाट ग्लोबल आइएमई बैंकको नामबाट हुनेछ ।
ग्लोबल आइएमई बैंकले हाथव फाईनान्सलाई १००ः४२ को शेयर स्वाप रेसियोमा एक्वायर गरेको हो । साउन १४ गते एकैपटक सम्पन्न ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको साधारण सभाबाट एक्विजिशन प्रस्ताव पारित गरेका थिए ।
चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको ग्लोबलले ३० करोड रुपैयाँ पूँजी भएको हाथवेलाई एक्वायर गरेको हो ।