काठमाडौं । गत शनिबार साँझ नेपालका १८ वटा बैंकमा नेटवर्क विस्तार गरेको नेप्स नामक संस्थाको सर्भर ह्याक गरी एटिएमबाट ह्वार्र ह्वार्र्ती रकम निकाल्न बनाई चिनियाँहरुले झिक्न सम्म रकम झिके । सो काण्डमा कति रकम एटिएमबाट निकालियो भन्ने अझै यकिन भइसकेको छैन ।
सो काण्डको बीमा कम्पनीहरुले बीमा दावी भुक्तानी नगर्ने भएका छन् । बीमा समितिका सल्लाहकार भोजराज शर्माका अनुसार अम्रेला पोलिसी अन्तर्गत बीमा गरिने बैंकिङ ब्लाङ्क्वेट बीमा अन्तर्गत बीमा दावी भुक्तानी हुन नसक्ने पुष्टि गरे । उनले भने ‘ शनिबार भएको ह्याकिङ केस बीबीआई अन्तर्गत समेट्न सकिदैन । छुट्टै खालको साईबर आक्रमण हो । यसको लागि छुट्टै बीमा गर्नु पर्दछ ।’ नेपालका कुनै पनि बैंकले साईबर आक्रमणको सम्बन्धमा छुट्टै बीमा गराउने गरेका छैनन् ।
नेपालमा साईबर सुरक्षा सम्बन्धी बीमा पोलिसी जारी गर्ने अधिकार प्राप्त एक मात्र कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी हो । सो कम्पनीका मार्केटिङ म्यानेजर गोकर्ण प्रसाद खतिवडाले भने, ‘हामीले पोलिसी ल्याएको एक वर्ष भयो आजसम्म एउटा पनि पोलिसी बिक्री भएको छैन ।’
बीमा कम्पनीहरुले भुक्तानी नगर्ने भएपछि सो ह्याकमा भएको क्षति रकम सम्बन्धित एटिएम सञ्चालन गर्ने बैंकले नै व्यहोर्नु पर्ने भएको छ । सर्वसधारणको निक्षेप संकलन गरिएको बैंकले व्यहोर्नुपर्ने भएपछि केन्द्रीय बैंक समेत यो घटनाबाट झस्केको छ । उता, भारतीय बैंकले व्यहोरेको क्षति रकम कसले व्यहोर्ने भन्ने अन्योल उत्पन्न हुने भएको छ । नेपाली कार्ड प्रयोग गरेको र नेपालको नेप्ससम्म सन्देश नआउँदै बीचमा ह्याक गरेकाले सो काण्ड नेपाल भारतका नियमनकारी निकायसम्म पुग्ने निश्चित देखिएको छ ।
शनिबार भएको बैंक सिष्टम ह्याकमा ठूलो रकम क्षति भएको हुनसक्ने अनुमान गरिएकोछ । भारतबाट समेत एक करोड ६० लाख रुपैयाँ निकालिएको सो घटनामा नेपालबाट निकालिएको एक करोड ३६ लाख रुपैयाँ ह्याकिङमा संलग्न पाँच चिनियाँ ह्याकरबाट बरामद गरिएको भएपनि अन्य रकम एटिएमबाट निकालियो भन्ने अझै यकिन भइसकेको छैन । घटनाको पाँच दिनसम्म पनि नेप्सले क्षतिको विवरण तयार गर्न सकेको छैन । ह्याकरहरुले नेप्सको सर्भर ब्लक गरी आफ्नै सर्भर खडा गरेर एटिएम मेशिनबाट रकम निकालेकाले सम्बन्धीत एटिएम मेशिनको अडिटको आधारमा मात्रै क्षतिको विवरण तयार गर्न सकिने देखिएको छ ।
नेप्सले घटनाको सम्बन्धमा एक शब्द पनि बोल्न चाहेको छैन । राष्ट्रिय सूचना आयोगले सबै पब्लिक कम्पनीहरुले एक जना सूचना अधिकारी नियुक्त गर्न निर्देशन दिएको भएपनि नेप्सले आफ्नो कम्पनीमा सूचना अधिकारी नियुक्त नगरिएको जानकारी दिएको छ । घटनाको चार दिनसम्म पनि नेप्सले केही पनि बोल्न नचाहनुले झनै रहस्यमय बन्दै गएको छ । साईबर सुरक्षाका विज्ञहरुले घटनामा संस्थागत संलग्नताको कुरामा जोड दिँदै आएका छन् ।
बीमा कम्पनीहरुले भुक्तानी नगर्ने भएपछि सो ह्याकमा भएको क्षति रकम सम्बन्धित एटिएम सञ्चालन गर्ने बैंकले नै व्यहोर्नु पर्ने भएको छ । सर्वसधारणको निक्षेप संकलन गरिएको बैंकले व्यहोर्नु पर्ने भएपछि केन्द्रीय बैंक समेत यो घटनाबाट झस्केको छ ।
बीमा कम्पनीहरुले भुक्तानी नगर्ने भएपछि सो ह्याकमा भएको क्षति रकम सम्बन्धित एटिएम सञ्चालन गर्ने बैंकले नै व्यहोर्नु पर्ने भएको छ । सर्वसधारणको निक्षेप संकलन गरिएको बैंकले व्यहोर्नु पर्ने भएपछि केन्द्रीय बैंक समेत यो घटनाबाट झस्केको छ । त्यस आधारमा प्रभु बैंक र नबिल बैंकले सो ह्याकिङ काण्डको ठूलो रकम क्षति व्यहोर्नु पर्ने देखिएको छ । उता, भारतीय बैंकले व्यहोरेको क्षति रकम कसले व्यहोर्ने भन्ने अन्योल उत्पन्न हुने भएको छ । नेपाली कार्ड प्रयोग गरेको र नेपालको नेप्ससम्म सन्देश नआउँदै बीचमा ह्याक गरेकाले सो काण्ड नेपाल भारतका नियमनकारी निकायसम्म पुग्ने निश्चित देखिएको छ ।