काठमाडौं । असार मसान्तको तुलनामा साउन मसान्तान सिटिजन म्युचअल फन्ड–२ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) घटेको छ ।
असार मसान्तसम्मा ९ दशमलव ९२ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर ९ दशमलव ७७ रुपैयाँमा सिमित भएको छ ।सिटिजन्स म्युचअल फन्डअन्तर्गत संचालित यस योजनाको कुल आय सो अवधिमा ९१ लाख ६५ हजार ऋणात्मक रहेको छ ।
साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ८० लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने प्राप्त भईसकेको आम्दानी एक लाख ५९ हजार रहको छ । सो अवधिसम्म यस योजनाले ३३ करोड ६१ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात १८ करोड ४ लाख ३२ हजार रहेको छ ।