IME Life New

नबिल बैंकको १० लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले व्यक्तिगत बचत खाता खोलेका ग्राहक वर्गलाई दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । बैंकले भदौ १५ गते देखि लागू हुने उक्त योजना ल्याएको जनाएको छ । उक्त योजना संचालनका लागि नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता गरेका हुन् ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख रुपैयाँ बीमा रकम प्रदान गरिने जनाएको छ ।

Esewa
Crest

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,००० वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।

यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुदा लाग्ने बीमा प्रिमियमको खर्च समेत बैंक स्वयंले व्यहोर्ने छ ।

यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न. १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ ।

हालसम्म बैंकले मुलुकभर ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS