IME Life New

आइएमईले ल्यायो दशैलाई लक्षित गर्दै डबलको डबल अफर योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमईले विषेश पर्वलाई लक्षित गर्दै डबलको डबल अफर नयाँ योजना सार्वजनिक गरेको छ । भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि उक्त अफर ल्याइएको आइएमईले जनाएको छ ।

आइएमई पे मार्फत पैसा पठाउने प्रत्येक व्यक्तिलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई भाग्यशालीलाई पठाएको रकमको डबल, हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एकजनालाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ ।

Esewa
Crest

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे ।

अफर अवधिमा विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिन जनाएको छ ।

उक्त योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्नेछन। सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS