IME Life New

१० वर्ष विदेश बसे नेपाल फर्केर बीमा क्षेत्रमा रमाउँदैछु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एन.बी.गुरुङ्ग, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफइन्स्योरेन्स

एन.बी. गुरुङ्ग पेशाले बीमा अभिकर्ता हुन् । धादिङ घर भएका गुरुङ्ग एसएलसीसम्मको पढाई सकेर २०६० सालमा उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौँ पसे । मनभरि अनेकौँ सपनाहरु बोकेर शहर पसेका गुरुङ्गले ताहाचल कलेजमा आइएडसम्मको पढाई सकाए । काठमाडौँ आएपछि गुरुङ्ग डल्लु बस्न थाले । त्यहि बसेर आफुले आइएडसम्मको पढाई सकेपछि उनको जीवनमा नयाँ मोड आयो ।

बीमा अभिकर्ता पेशामा जोडिनु पूर्व गुरुङ्ग बीमा अभिकर्ता पेशाप्रति अनविज्ञ थिए । उनलाई बीमाका बारेमा केही ज्ञान नै थिएन । २०६१ सालतिर एकदिन गुरुङ्गलाई आफु बस्दै आएको घरवेटीको छोराले बीमाको प्रस्ताव गरे । उनी जीवन बीमा कम्पनीका बीमा अभिकर्ता रहेछन् । उनकै सल्लाहामा गुरुङ्गले बीमा अभिकर्ताको लाइसेन्स लिन पुगे । यस पेशामा जोडिन उनकै योगदान रहेको गुरुङ्ग बताउँछन् । र प्रेरणाको पात्र पनि । पार्टटाइमका रुपमा काम गर्न सक्ने, आफुलाई जति मन लाग्यो त्यत्ति आम्दानी गर्न सकिने पेशा अभिकर्ता पेशा हो भन्दै मलाई उहाँले सम्झाउनु भएको थियो गुरुङ्गले विगत सम्झदै भने ।

Esewa
Crest

त्यतिबेला बीमा अभिकर्ताको लाइसेन्स लिनका लागि सहज नरहेको गुरुङ्गले बताए । बीमा समितिले उपत्यका बाहिर मात्र बीमा सम्बन्धि तालिम सञ्चालन गरिन्थ्यो । गुरुङ्गले पनि धुलिखेल पुगेर बीमा अभिकर्ताको लाइसेन्स हात पारेका थिए ।

बीमा अभिकर्ताको लाइसेन्स हात पारे पछि गुरुङ्गले आफ्नै आफ्न्तको बीमा गराए । आफ्न्तले सहजै आफ्नो प्रस्ताव स्वीकारी बीमा पोलिसि खरिद गरेपछि गुरुङ्गलाई हौसला मिलेको अनुभव सुनाउँछन् । र उनले यहि पेशामा मै केही दृढ संकल्पलिए । अघि बढ्दै जान सम्भव भएको बताउँछन् ।

२०६१ सालदेखि बीमा अभिकर्ताको यात्रा चयन गरेका गुरुङ्गले शुरुका दिनमा पार्ट टाइमका रुपमा मात्र अभिकर्ता पेशालाई लिए । २०७३ बैशाखदेखि भने गुरुङ्ग पूर्ण रुपमा यही पेशामा समर्पित भए । बीमा अभिकर्तामा प्रवेश गरेपछि गुरुङ्ग वैदेशिक रोजगार तर्फ मोडिए । लगभग १० वर्षे वैदेशिक रोजगारीको अनुभव बोकेर उनी नेपाल फर्किए । नेपाल फर्किए पछि उनी फेरि बीमा अभिकर्ता पेशामै जोडिए । विदेशी भूमिमा रहँदापनि फाट्ट फुट्ट बीमा गराउँदै आएका गुरुङ नेपाल फर्केपछि कर्म थलोको रुपमा बीमा अभिकर्ता पेशालाई बनाउने निधो गरेका थिए ।

पहिला बीमा अभिकर्ता को हो, यो कस्तो खालको पेशा हो केही थाहा नरहेका गुरुङ्ग भन्छन्, मेरा अन्य विकल्पहरु हराउँदै गए, बन्द हुँदै गए, आफुले कोसिश गरेका कामहरु बिस्तारै बिस्तारै असफल भए जस्तो, असन्तुष्ट भए जस्तो लाग्न थाल्यो पछि यहि पेशा मै फेरि जोडिन मन लाग्यो । म सफल हुने पेशा यहि नै हो कि जस्तो लाग्न थाल्यो ।

१० वर्षे वैदेशिक रोजगारीको तुलनामा गुरुङ्ग बीमा अभिकर्ता पेशामा सफल हुँदै गए । गुरुङ्ग बीमा अभिकर्ता पेशालाई सामाजिक पेशाका रुपमा लिन्छन् । बीमा अभिकर्ता पेशामा जोडिए पछि गुरुङ्गको जीवनमा परिवर्तन आयो । उनी समयका हिसावले स्वतन्त्र भए । समयको स्वतन्त्रताका साथ साथै आर्थिक रुपमा सबल भएको गुरुङ्गले बताए । मेहनत गरेर पूर्ण रुपमा लाग्ने हो भने अभिकर्ता पेशामा प्रसस्त आम्दानी गर्न सकिने उनको तर्क छ । गुरुङ्ग फाइनान्सियल फ्रिडमका साथ साथै कुनै पनि समय सीमाले नबाध्ने हुनाले बीमा अभिकर्ता पेशालाई स्वतन्त्र पेशाका रुपमा हेर्न रुचाउँछन् ।

अनुशासित भएर निरन्तर रुपमा लागि पर्ने जो सुकै व्यक्ति पनि सफल हुन सक्ने गुरुङ्गको तर्क छ । आफुले आफुलाई अनुशासित राखेर र इमान्दिारीतापूर्वक अभिकर्ता पेशामा लाग्नुपर्ने उनको अनुभव छ । बीमा परम सद्विश्वासको सिद्धान्त भएका कारणले बीमा अभिकर्तामा इमान्दारिता हुनुपर्ने उनको बुझाई छ ।

“बीमित र बीमकका बीचमा गरिने कानुनी करार बीमा हो । जोखिम हस्तान्तरण गर्ने उपयुक्त माध्यम बीमा हो । उनले भने ।” बीमा सर्वोत्तम बचत, अनिवार्य बचत हो, जोखिम हस्तान्तरणको भरपद्रो पाटो हो ।

‘अभि भनेको अहिले र कर्ता भनेको कार्य गर्ने मान्छे । कुनै पनि काम राम्रोसँग बुझाएर भोलिहुने कामलाई आजै गर्न प्रेरित गर्ने व्यक्ति बीमा अभिकर्ता हो । भोलि गर्ने काम आजै गर्ने र आज हुने काम अहिले नै गर्न प्रेरित गर्ने मान्छे बीमा अभिकर्ता हो । भोलि, पर्सि गर्ने कामलाई अहिले नै गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने व्यक्ति बीमा अभिकर्ता हो ।बीमा अभिकर्ता बीमा कम्पनी र बीमितका बीच मध्यस्थकर्ताको रुपमा काम गर्ने पेशा हो ।’

गुरुङ्ग भन्छन्, ‘अभि भनेको अहिले र कर्ता भनेको कार्य गर्ने मान्छे । कुनै पनि काम राम्रोसँग बुझाएर भोलिहुने कामलाई आजै गर्न प्रेरित गर्ने व्यक्ति बीमा अभिकर्ता हो । भोलि गर्ने काम आजै गर्ने र आज हुने काम अहिले नै गर्न प्रेरित गर्ने मान्छे बीमा अभिकर्ता हो । भोलि, पर्सि गर्ने कामलाई अहिले नै गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने व्यक्ति बीमा अभिकर्ता हो ।बीमा अभिकर्ता बीमा कम्पनी र बीमितका बीच मध्यस्थकर्ताको रुपमा काम गर्ने पेशा हो ।’

एउटा असल बीमा अभिकर्तामा धेरै गुणहरु हुनु पर्ने उनको तर्क छ । अभिकर्तामा अनुशासन मुख्य गुण हुनु पर्ने बताउँने गुरुङ्ग भन्छन्, मेहनती, इमान्दार, सहनशीलता, धर्यता, लगनशिलता, बीमा बुझाउन सक्ने गुणहरु बीमा अभिकर्तामा हुनुपर्छ । यीनै विभिन्न गुणहरु भएकै कारणले गर्दा नै आज गुरुङ्ग अन्य पेशा भन्दायो पेशामा सफल छन् ।

गुरुङ्ग भन्छन्,अभिकर्ताहरुले ग्राहकलाई बीमा पोलिसि बिक्रि गर्न आफ्नो कमिशन छुटदिनु, विभिन्न किसिमका गिफ्टजन्य सामानहरु, विभिन्न खालका प्याकेजको प्रलोभनमा पारेर बीमा गर्न प्रेरित गर्नु अभिकर्ता पेशामा बढ्दै गएको नराम्रो पक्षहो ।

समाजले बीमा अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण नै फरक रहेको गुरुङ्ग बताउँछन् । कमिशनका लागि मात्रै काम गर्ने व्यक्तिका रुपमा समाजले बीमा अभिकर्तालाई हेर्ने गरेको उनको भोगाई छ । गुरुङ्ग भन्छन्,अभिकर्ताहरुले ग्राहकलाई बीमा पोलिसि बिक्रि गर्न आफ्नो कमिशन छुटदिनु, विभिन्न किसिमका गिफ्टजन्य सामानहरु, विभिन्न खालका प्याकेजको प्रलोभनमा पारेर बीमा गर्न प्रेरित गर्नु अभिकर्ता पेशामा बढ्दै गएको नराम्रो पक्षहो । गुरुङ्ग पछिल्लो समय बीमा अभिकर्ता पेशामा देखा पर्दै गएको विकृत हो भन्छन् । कोही मान्छे दिनभरि काम गर्छ र उसले कमिशन वा ज्याला प्राप्त गर्छ, जो उसको अधिकारको कुरा हो । सबैले यो बुझ्न जरुरी रहेको गुरुङ्गले बताए ।

बीमा कम्पनीहरु बीच हुने अस्वस्थ प्रतिस्पर्धा बीमा अभिकर्ताको चुनौतिको विषय रहेको गुरुङ्गले बताए । बीमा अभिकर्ताको लागि आफुले बीमा गरेको बीमाको कमिशन लिनु पाउनु अधिकारको कुरा हो भन्छन् गुरुङ्ग ।

बीमा व्यवसाय विकास र विस्तारका लागि अभिकर्ताको महत्वपूर्ण भुमिका रहने गुरुङ्गको तर्क छ । कहिलै बीमाबारे नसुनेका र नबुझेका मानिसहरुलाई सम्झाई, बुझाई बीमा गर्न प्रोत्साहन गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् ।

लामो समयदेखि बीमाअभिकर्ताको पेशा अपनाएका गुरुङ्गसँग बीमा गराँउदाका रमाईला अनि सम्झन लायकका पलहरु धेरै छन् । तीनै पलहरुसँग आफ्ना ज्ञान र अनुभवलाई समेटेर अभिकर्ता पेशामै केहीगर्ने लक्ष्यमा गुरुङ्ग लागि परेका छन् । रमाईला पलहरु मात्रै हैनन् गुरुङ्गले बीमा अभिकर्ता पेशामा लागे पछिको समयमा तितापलहरु प्नि सामना गरेका थिए । तीनै तिता पलहरुलाई आत्मसाथ गर्दै गुरुङ्ग अघि बढीरहेका छन्, त्यसैले त उनी सफल छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS