काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २० दशमलव ७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर, तिर्न २ करोड ३० लाख २१ हजार ६६८ रुपैयाँ नगद बाँड्नेछ ।
अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने नेरुडेले जनाएको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनसपछि पुँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ ।