Connect IPS
IME Life

१५ वटा बैंकको सिष्टम ह्याक, देशैभरिका एटिएमहरु बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

अपडेट १२ः१५
काठमाडौं । तीजको मुखमा भएको बैंकरप्ट काण्डपछि बन्द भएका एटिएमम काउन्टरहरु खुल्ने क्रम सुरु भएको छ । यद्यपि नेटवर्कमा शेयर नगरी आन्तरिक सिष्टममा मात्रै चलाउने गरी एटिएमहरु सञ्चालन गर्ने प्रयास भइरहेको नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्ना निरौलाले बताएका छन् । आइतबार विहानै अधिकांश एटिएम काउन्टरहरु बन्द रहेपनि अहिले विस्तारै एटिएमहरु जुन बैंकको कार्ड हो सोही बैंकको एटिएम काउन्टरमा चल्ने गरी खुल्ला गर्ने प्रयास भइरहेको छ ।

…………………………………………………………………………………………………..

Prabhu
Crest

सिष्टम बनाउने नेप्सकै कर्मचारीको मिलेमतोको आशंका, उच्च अधिकारी राष्ट्र बैंकमा

काठमाडौं । बैंकिङ सफ्टवयेर निर्मार्ता कम्पनी नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) मा आबद्ध भएका १५ वटा बैंकको बैंकिङ सिष्टम ह्याक भएको छ । सिष्टम ह्याकसँगै देशैभरिका सयौं एटिएम काउन्टरहरु अबरुद्ध हुन पुगेका छन् । तीजको अघिल्लो दिन बैंकिङ सिष्टम ह्याक भएसँगै सर्वसधारण ठूलो मर्कामा परेका छन् । तीजमा चेलीबेटीलाई सपिङ गर्नेहरु एटिएम बन्द हुँदा ठूलो मर्कामा परेका छन् । सिष्टम ह्याक हुनेहरु कुन कुन बैंक हुन भन्ने खुल्न सकेको छैन ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा ल्याइएको डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सर्भरको काम गर्ने नेप्स नामक कम्पनीले भिषा कार्ड र डेबिट कार्ड बिक्री बिक्री तथा व्यवस्थापन गर्दै आएको थियो । सोही कम्पनीको च्यानलबाट सिष्टम ह्याक भएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ । साईबर सुरक्षा सम्बन्धी बिज्ञका अनुसार नेप्सकै कर्मचारीको मिलेमतोमा सिष्टम ह्याक भएको हुनसक्छ । यद्यपि प्रहरी अनुसन्धान जारी छ ।

मिलेमतोसँगै सिष्टम ह्याक गरी करोडौं रुपैयाँ ट्रान्जेक्सन गरिएको अनु्मान छ । हिजो कतिबेला सिष्टम ह्याक भयो र कति रकम ह्याकरहरुले झिकेर लगे भन्ने खुल्न सकेको छैन । सिष्टम ह्याक भएपछि एटिएमबाट नाम र पिन नम्बर बिना नै भटाभट रकम झिक्न मिल्ने बनाएर रकम लूटपाट भएको देखिएको छ ।

सूत्रका अनुसार राति कतिबजदेखि सिष्टम ह्याक भयो र कति रकम निकालियो भन्ने खुल्न सकेको छैन ।

अहिले एमिएम बुथहरुमा रकम अडिट गर्ने काम भइरहेको छ । रकम कति बाँकी थियो र कति बाँकी छ भन्ने आधारमा बल्ल हराएको रकमको पत्ता लाग्नेछ । इन्टरकनेक्सन हुने हुँदा सबै बैंकहरुले आफ्नो एमिएम बन्द गरेर अनुसन्धान सुरु गरेका छन् ।

उता, नेप्समा सम्पर्क गर्दा उच्च अधिकारीहरुलाई राष्ट्र बैंकले बोलाएकाले उतै जान लागेको जानकारी इन्स्योरेन्स खवरलाई दिइयो ।  नेप्स कम्पनीले भने इएमभी कम्प्लेन्ट भनेर दावी गरिएको कार्ड ह्याकरले ह्याक समेत गर्न नसक्ने भन्दै बिक्री गरिएको थियो । नेपालका बैंकरहरुको लगानीमा सञ्चालित नेप्समा प्रविण प्रकाश क्षेत्री सिईओ छन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS