काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५/ ७६ को लागि लाभांश घोषणा गरेको छ । बैंकको भदौ ११ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १९ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।